बालुवाटारमा नाराबाजी गर्न कस्सिएका पाँच जना भाटभटेनीमै रोकिए
डिजिटल भुक्तानीमा लगाइएको अतिरिक्त शुल्कविरुद्ध विवेकशील साझा पार्टीले आज पनि विरोध प्रदर्शन गरेको छ । राजधानीको भाटभटेनी पिपलबोट अगाडि प्रदर्शन गरिएको छ ।
पार्टी महासचिव रञ्जु दर्शनाको नेतृत्वमा भएको प्रदर्शनमा पाँच जनाको उपस्थिति देखिन्थ्यो । उनीहरुले ‘डिजिटल पेमेण्टमा लाग्ने भ्याटसहित अतिरिक्त शुल्क खारेज गर’, ‘जनताको राज्यमाथि भर, कति थुपार्छौ जनतामाथि कर !’, ‘डिजिटल पेमेण्ट प्रोमोशन, गर्दा पेमेण्ट कमिशन ? कति लुट्छौं !’, ‘अनलाइन पेमेण्ट साना भुक्तानीलाई निःशुल्क गर’, लगायत प्लेकार्ड बोकेर नाराबाजी गरेका हुन् ।
न्यौपाने नेतृत्वको टोलीले बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बाहिर नाराबाजी गर्ने बताएको थियो । तर उनीहरुलाई प्रहरीले भाटभटेनी मन्दिर नजिकै रोकेपछि पिपलबोटको फेदमा उभिएर प्रदर्शन गरेका हुन् ।
टिप्पणीहरू