पैसा सरकारको, फूर्ति विनोद चौधरीको,आक्रोश जनताको

पैसा सरकारको, फूर्ति विनोद चौधरीको,आक्रोश जनताको

नेपालभित्र निकै प्रचलनमा आउने धेरै वटा उखान छन् । ‘...लाई भन्दा देख्नेलाई लाज’, ‘लाजको पसारो’, ‘काम गर्ने कालु मकै खाने भालु’ इत्यादि तुक्का समसामयिक राजनीति र सामाजिक सन्दर्भमा प्रयोग गरिन्छ । यतिखेर नेपाली काँग्रेसका सांसद तथा विवादास्पद व्यापारी विनोद चौधरी र उनका गतिविधिमाथि ती उखान ठ्याक्कै मेल खान थालेको छ ।

चौधरीले आज बिहान सामाजिक सञ्जाल रंगाउँदै नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा एक हजार ५७१ मीटर लामो पुल निर्माण सम्पन्न भएकोमा खुशी व्यक्त गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो उद्घाटन गर्नुभएको उक्त पुलको निर्माण समयावधिअगावै सम्पन्न गर्न सफल भएको भन्दै चौधरीले खुशी व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा पोष्टाइएको स्ट्याटसमा लेखिएको छ, ‘चुनावताकाको प्रतिबद्धता पुरा भयो ।’ 

यो पुलले नेपालको भूगोल मात्र होइन,भावनालाई पनि जोडेको उल्लेख गर्दै सो क्षेत्रका सांसद चौधरीले नारायणी नदीमा पुल नहुँदा सुस्तावासीले वर्षौं भोग्नुपरेको विकराल समस्याको समाधान भएको लेखेका छन् । भन्छन्, ‘२०७९ को चुनावमा म प्रत्यासी हुँदा यो पुल अलपत्र अवस्थामा थियो । मैले यसलाई निर्माण सम्पन्न गर्ने अठोट गरेको थिएँ,र आज दुई वर्ष नपुग्दै उद्घाटन हुँदै गर्दा अत्यन्तै खुशी छु ।’

‘सुस्ताको विषयमा बोल्नसक्ने कसैको हिम्मत छ ? आफ्नो भूमि फिर्ता ल्याउन सक्ने कसको बल छ ? आफ्नो पैसाले नेपालमा लगानी गर्ने आँट गर्नुहोस् । सरकारको पैसाले जसले जे नि गर्न सक्छ ।’

उक्त पुलजस्तै अन्य महत्वपूर्ण विकास परियोजना सम्पन्न गर्न आफू दत्तचित्त भएर लाग्ने "प्रतिबद्धता" उनको छ । तर,मुलुककै एकमात्र डलर अर्बपतिको धाक लगाउँदै हिँड्ने चौधरीको सरकारी कोषबाट खर्च भएको २३ करोडमा भने सुको योगदान छैन । वाईवाई चाउचाउ बेचेर धनी भएको प्रचार गर्दै हिँडेका चौधरीले सुस्ताको पुल आफ्नै खल्तीको पैसा हालेर बनाएको अर्थ लाग्नेगरी सामाजिक सञ्जालमा लेखेपछि आलोचित भएका हुन् ।

विगतमा राजश्व र कर छलीको आरोप खेपेका चौधरीको स्ट्याट्समाथि धेरैले कमेण्ट गरेका छन् । उपेन्द्र रावल क्षेत्रीले सरकारको बजेटमा नभई आफ्नो लगानीमा विकास गरेर देखाउन चुनौती दिएका छन् । भन्छन्, ‘सुस्ताको विषयमा बोल्नसक्ने कसैको हिम्मत छ ? आफ्नो भूमि फिर्ता ल्याउन सक्ने कसको बल छ ? आफ्नो पैसाले नेपालमा लगानी गर्ने आँट गर्नुहोस् । सरकारको पैसाले जसले जे नि गर्न सक्छ ।’ 

त्यस्तै, अर्का एक जना भन्छन्, ‘नापिस्,एक काम भन्नु जो तेरो कार्यकालमा भएको होस् । सबै अरुले गरेको काममा जस लिन पाइँदैन ।’

टिप्पणीहरू