ज्यान अर्पेका नेतालाई बचाउने कसले ?

ज्यान अर्पेका नेतालाई बचाउने कसले ?

खोला तरेपछि लौरो बिर्सने भनेझैं आफ्ना पार्टी संस्थापक प्रदीप नेपाललाई एमाले नेताहरुले पूरै बिर्सन लागेका छन् । उनको वाक्य बसेको वर्ष दिन पुग्न लाग्दा पनि थप उपचारको लागि कतैबाट सहयोग नहुनु उहाँलाई थप उपचारको लागि भारत लैजाने तयारी भइरहेको जानकारी शिक्षिका बबिता कटुवालले दिइन् । नेपाललाई कटुवालले बुबाको मुख हेर्ने कुशे औंशीको दिन भेट गर्न पुगेकी थिइन् । उनले त्यसबखत नेपालको बढेका नङ्हरू काटेर सुखदुःखका कुराकानी गर्दा नेपाल भने गहभरी आँशु झारेर विस्मात पोख्दै थिए । गोठाटारस्थित मदन भण्डारी कलेजमा नेता नेपाललाई प्रतिकूल स्वास्थ्यका बाबजुद सम्मानका लागि उपस्थित गराइएको थियो । सो कार्यक्रममा अहिलेका जल्दाबल्दा नेताहरू राजन भट्टराई, रामेश्वर फुयाँललगायतले हात मिलाएर फर्केको बताइन्छ । 

नेपालले आफ्नो उपचारको निम्ति काठमाडौं डल्लुको घरजग्गा बेचेको दुईचार वर्ष नबित्दै भक्तपुरमा बनाएको घर पनि बेच्नु परेको छ । त्यो पैसा पनि उपचार गर्दागर्दै सकिएको छ भने अब घर बहालमा लिई बस्ने बाध्यता रहेको जीवनसँगीनी झुमा देवान नेपालले बताइन् । नेता नेपालको २०५२ सालमा टाउकोको अपरेशन भएको थियो भने यो काम गत वर्ष पुनः गर्नुप¥यो । छोरी समीक्षा बेलायत बसे पनि बाबुको उपचारको निम्ति अहिले नेपाल आएकी छन् ।

त्यसो त पूर्वको तारा, पार्टीकी आमा, देउमाईको किनारमा जस्ता साँस्कृतिक चेतका पुस्तक लेख्दै धेरैलाई कम्युनिष्ट बन्न प्रेरित गर्ने, कम्युनिष्ट बनाउन महत्वपूर्ण भूमिका खेल्ने नेताको रूपमा पनि प्रदिप नेपाललाई धेरैले चिन्दै आएका छन् । एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलले नेता नेपालको परिवारका सदस्यले गरेको फोन रिसिभ गर्न छोडेको बताइन्छ । 
 

टिप्पणीहरू