जिल्ला समन्वय प्रमुखका छोरासहित ६ भाइलाई लग्यो पहिरोले

जिल्ला समन्वय प्रमुखका छोरासहित ६ भाइलाई लग्यो पहिरोले आमाबुवाका बीचमा अनुपम । फोटोः ललित घलानको फेसबुक ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानलाई पुत्रशोक परेको छ ।

पहिरोमा परेर उनका छोरा अनुपम घलानसहित ६ जना जुनियर खेलाडीको निधन भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ टेकरमा रहेको बत्सलादेवी माविमा फुटबल प्रशिक्षणका क्रममा रहेका उनीहरुलाई गएराति अबिरल बर्षापछि आएको पहिरोले पुरेको थियो। 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सञ्चालन गरेको फुटबल एकेडेमीमा रही फुटबल सिकिरहेका ४० जना जुनियर खेलाडीहरु होस्टलमा बस्दै आइरहेका थिए । अबिरल बर्षासँगै पहिरोको डर भएपछि सुरक्षित स्थानतर्फ सार्ने क्रममा उनीहरु हिँडेकै बाटोमाथिबाट आएको पहिरोले ६ जना जुनियर खेलाडीलाई पुरेको प्रहरीको भनाई छ । निधन भएकाहरुमा घलानसहित आदित्य बलम्पाकी सर्लाही, रियान्स आचार्य काठमाडौं,सुमन योन्जन मकवानपुर,विकल रेग्मी निजगढ र दिवस बानियाँ मकवानपुर रहेका छन् । 

पहिरोमा परी निधन भएका ६ जनाकै शव प्राप्त भइसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरुको शव नेपाली सेनाको हेलिकोप्टरमार्फत टिचिङ अस्पताल महाराजगन्ज काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

टिप्पणीहरू