उपत्यकामा ज्यान गुमाएका ३४ जनाको नामावली

उपत्यकामा ज्यान गुमाएका ३४ जनाको नामावली

अस्तिदेखिको अविरल वर्षापछिको बाढी, पहिरो र डुबानमा राजधानीमा ३४ जनाको निधन भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले ललितपुरमा १८, काठमाडौँमा ११ र भक्तपुरमा पाँच जनाको मृत्यु भएको जनाएको छ ।

मृत्यु भएकामध्ये २७ जनाको सनाखत भएको छ । मृतकहरुमा दक्षिणकाली नगरपालिका–८ का ४३ वर्षीय भविन्द्र लिम्बू, ४० वर्षीय कुमार तामाङ र २३ वर्षीया मनु तामाङ हुन् । दक्षिणकाली–९ का ३७ वर्षीय प्रेम बलामी र ३४ वर्षीय कान्छा बलामी, दक्षिणकाली–७ का ५० वर्षीया देवी लिम्बुको ज्यान गएको छ ।

नागार्जुन नगरपालिका–६ इचङ्गुनारायणमा बस्दै आएका सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपलिका–२ का सचिन साह, चन्द्रागिरी नगरपालिका–२ मसिनेका ३८ वर्षीय गर्व तामाङ र निजकी श्रीमती ३६ वर्षीया सबिनाको पनि ज्यान गएको छ । कीर्तिपुर बस्ने अर्घाखाँचीका २४ वर्षीय अजय पाण्डे, भक्तपुरको सूर्यविनायक नगरपालिका–९मा कालीकोट सानी त्रिवेणी नगरपालिका–५ की २४ वर्षीया बमिला शाही, १४ वर्षकी मनिशा शाही र चार वर्षकी श्रीया बमको मृत्यु भएको छ । 

सूर्यविनायक–८ आशापुरीकी ५० वर्षीय मसली तामाङ, ३७ वर्षीया मनु तामाङ, ललितपुरको गोदावरी नगरपालिका–१० टाखेलकी ५८ वर्षीया सानु चालिसेको निधन भएको छ । गोदावरी–९ चुनिखेलकी ४८ की सुशीला लिम्बु, महाङ्काल गाउँपालिका–३ गोटिखेलका २ वर्षीय सम्यमको ज्यान गएको छ ।

गोदावरी नगरपालिका–९ छम्पीमा ४२ वर्षीया सुनिता तामाङ, गोदावरी–३ मा ३५ वर्षे पवन नगरकोटी, २० वर्षीया मेन्सिलाको ज्यान गएको छ । ललितपुर महानगरपालिका–२५ तालिम केन्द्र नजिकका ६६ वर्षे ताराराज कनिका, महालक्ष्मी नगरपालिका–९ सिस्नेरी ठकुरीगाउँकी ३५ वर्षीया रिना महिमकर्मी श्रेष्ठ र ४४ वर्षीय रवीन भुजेलको ज्यान गएको छ ।

यस्तै ललितपुर महानगरपालिका–१४ कार्नतिपुर कलौनीमा रौतहटका २७ वर्षीय नन्दु साह, महालक्ष्मी नगरपालिका–८ शङ्खादेवीमा ६१ वर्षीया राधिका थापाले  पनि ज्यान गुमाएका छन् ।

टिप्पणीहरू