गोरखाबाट आएको यात्रुवाहक बस ४८ घण्टासम्म सम्पर्कविहीन
गोरखाबाट अस्ति बिहान काठमाडौंतर्फ प्रस्थान गरेको बस ४८ घण्टा बितिसक्दा पनि पत्ता लाग्न सकेको छैन । लापुबेसीबाट शुक्रबार बिहान ७ बजे छुटेको यात्रुबाहक बसबारे खोजी गरिदिन आग्रह गरिएको छ ।
ना.४ ख २२७० नम्बरको बसमा कति यात्रु थिए भन्नेबारे केही जानकारी छैन । दरौदी यातायात प्रालिका अध्यक्ष नारायण खत्रीले बस शुक्रबार राति १० बजेसम्म धादिङको खानीखोला पुगेको जानकारी भए पनि त्यसपछि थाहा नभएको बताए ।
बसमा कति यात्रु थिए भन्नेबारे पनि जानकारी नभएको उनले बताए । बस र त्यसमा रहेका यात्रुको खोजीका लागि उनले आग्रह गरेका छन् ।
टिप्पणीहरू