मिनरल वाटरमा भेटियो मानिसको दिसामा हुने फिकल कोलिफर्म

मिनरल वाटरमा भेटियो मानिसको दिसामा हुने फिकल कोलिफर्म

काठमाडौं महानगरपालिकाले झण्डै एक दर्जन ब्राण्डका पानी बिक्रीमा रोक लगाएको छ । फिकल कोलिफर्म भेटिएको ११ वटा ब्राण्डका पानी बेच्न प्रतिबन्ध लगाइको छ । गत भदौ १२ देखि २८ गतेसम्म महानगरले विभिन्न स्थानबाट २० वटा ब्राण्डका पानीको नमूना संकलन गरेको थियो ।

उपभोक्ताको व्यापक गुनासोपछि अर्को एक ब्राण्डको पानीको पनि नमूना संकलन गरेर काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा परीक्षणका लागि पठाइएको थियो । त्यसपछि २१ मध्ये ११ वटामा फिकल कोलिफर्म भेटिएको महानगरले जनाएको छ । 

जसअनुसार पञ्चरत्न ग्रुप, अक्वा एस.एन.एस वेभरेज, उत्तरवाहिनी फुड एण्ड वेभरेज, अक्वा सुन्दरी उद्योग, स्तुपा इन्डष्ट्री, मुनलाइट स्प्रिङ मिनरल वाटर, अक्वा कपन एम.के. मिनरल वाटर, कोशी मिनरल उद्योगलगायत कम्पनीले उत्पादन गरेको पानीमा कोलिफर्म फेला परेको हो । ती कम्पनीलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । 

फिकल कोलिफर्म मानिसको दिसामा पाइन्छ । खाद्य पदार्थको अनिवार्य गुणस्तर मापदण्डअनुसार प्रशोधित पिउने पानीमा फिकल कोलिफर्म शून्य हुनुपर्छ ।

टिप्पणीहरू