स्कूलमा बाढी पसेर भारतीय सेनाका कर्णेल पनि इन्तु न चिन्तु

गत बिहिबारदेखि शनिवार दिउँसोसम्मको अविरल वर्षाले राजधानीका अधिकांश भूभाग जलमग्न हुँदा मोडर्न इण्डियन स्कूल नख्खु,धोबीघाट पनि अछुतो रहेन । नख्खु खोलाको बाढी पस्दा फोहोर पानी र लेदो सफा गर्न भारतीय सेनाका कर्णेल तथा प्रिन्सिपलसहितको टोली निरन्तर सरसफाईमा निरन्तर खटिएको बताइन्छ । 

सरकारले बाढीपहिरो र डुबानका कारण अस्ति आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय निकायलाई निर्देशन दिइसकेको छ । हिजो साँझ बसेको क्याबिनेट बैठकले आजदेखि तीन दिन राष्ट्रिय शोक घोषणा गरेर राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

टिप्पणीहरू