एमालेलाई किन यही होटल प्यारो ?

एमालेलाई किन यही होटल प्यारो ?

वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिंहदरबारको दक्षिण गेट सामन्नेको बसेरा होटललाई कारबाहीस्वरुप जरिवाना तिराएको छ । उपभोक्ता हितविपरीत कार्य गरेकाले तीन लाख रुपैयाँ जरिवाना तिराइएको विभागले जनाएको छ । 

बसेराले अधिकतम खुद्रा मूल्यभन्दा बढी मूल्यमा मिनरल वाटरको बोटल बेचेपछि विभागले कारबाही गरेको हो । तर, सोही होटलमा नेकपा एमालेको सचिवालय बैठक आज पनि बसेको छ । 

ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बाढी पसेपछि एमालेले बैठक होटलमा राखेको जनाएको छ । यसअघि पनि गत साउनमा पार्टी कार्यालयमा बाढी पसेपछिको बैठकका लागि सोही होटल एमालेको रोजाइमा परेको थियो ।

पार्टी शीर्ष नेताहरुले बैठकका लागि पटक पटक उक्त होटल रोजेपछि एमाले कार्यकर्ताले सामाजिक सञ्जाल रंगाएका छन् । लेखिएको छ, ‘अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले उपभोक्ता ठग्ने व्यवसायीलाई कारबाहीमा ल्याउन पहलकदमी भूमिका खेल्नुपर्छ ।’ तर,एमालेजनको उक्त चाहना चाहनामै सीमित हुने देखिन्छ ।

टिप्पणीहरू