बाढी पीडितलाई चिनियाँ कम्युनिष्ट पार्टीले पठायो राहत,एकछिनमा हस्तान्तरण

बाढी पीडितलाई चिनियाँ कम्युनिष्ट पार्टीले पठायो राहत,एकछिनमा  हस्तान्तरण

चिनियाँ कम्युनिस्ट पार्टीले हालैको बाढीपहिरो र डुबान पीडितलाई राहत सामाग्री पठाएको छ । राहत सामाग्री मध्यान्ह १२ बजे काठमाडौंको टेकूस्थित महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय हातामा सर्वदलीय भेला जुटाएर हस्तान्तरण गर्न लागिएको बुझिएको छ ।

यसवीच चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालमा बाढीपहिरोले हालै पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै सान्त्वना सन्देश दिनुभएको छ । उहाँले समकक्षी तथा परराष्ट्रमन्त्री डा. आरजू राणालाई पठाउनुभएको सन्देशमा छिमेकी चीन दुःखको बेला नेपालको आवश्यकताबमोजिम प्रकोप पीडितहरुको उद्धारका लागि तयार रहेकोे बताउनुभएको छ । 

यसअघि चिनियाँ रेडक्रस सोसाइटीले बाढी पीडितहरुको सहयोगार्थ नेपाल सरकारलाई एक लाख अमेरिकी डलर आर्थिक सहयोग गरिसकेको छ । नेपालका लागि चिनियाँ राजदूत छन सोङले उक्त रकम बराबरको चेक अस्ति गृहमन्त्री रमेश लेखकलाई सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर हस्तान्तरण गर्नुभएको थियो ।

टिप्पणीहरू