सिन्धुलीको भिमानमा माइक्रोबस दुर्घटना, डेढ दर्जन घाइते

सिन्धुलीको भिमानमा माइक्रोबस दुर्घटना, डेढ दर्जन घाइते

सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा झण्डै डेढ दर्जन यात्रु घाइते भएका छन् । आज बिहान काठमाडौंबाट मोरङको विराटनगरतर्फ जाँदै गरेको बा ५ ख ६६१८ नम्बरको माइक्रोबस कमलामाई नगरपालिका–८, भिमानस्थित दुर्घटनाग्रस्त भएको छ ।  

दुर्घटनामा चालकसहित १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । घाइते सबैको अवस्था सामान्य रहेको बताइन्छ । तीव्र गतिका कारण माइक्रो सडकबाट नालीमा खसेको अनुमान गरिएको छ । प्रहरीका अनुसार घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू