बिहे गर्न बोलाएर सामुहिक बलात्कार

बिहे गर्न बोलाएर सामुहिक बलात्कार

प्रेममा धोका दिनेहरुको कमी छैन यहाँ । त्यसमाथि अपरिपक्क उमेरमा हुने प्रेमको त झन् के भर !

दाङकी एक युवतीले प्रेमीलाई आँखा चिम्लिएर विश्वास गर्दा सामुहिक बलात्कारको शिकार भएकी छन् । प्रहरीका अनुसार गढवा गाउँपालिका-५ की १९ वर्षीया एक युवतीलाई प्रेमी किरण चौधरीसहित चार जनाले जबर्जस्ति करणी गरेका हुन् । 

किरण र ती युवती विगत दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको अनुसन्धानबाट खुलेको छ । अस्ति साँझ किरणले बिहे गरौँ, सिन्दुर लगाउन आउ भन्दै युवतीलाई एक निर्माणधीन खाली घरमा बोलाएका थिए । युवती त्यहाँ पुगेपछि किरणसहित चार जनाले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी इश्वर थापाले जनाकारी दिए ।

‘दुई वर्षदेखि सम्बन्धमा रहेछन् । बुधबार साँझ बिहे गर्छु, सिन्दर लगाइदिन्छु भनेर केटाले बोलाएपछि युवती पनि गइन्’, उनले जनआस्थासँग भने, ‘सुरुमा त दुई जनाबीच सम्बन्ध भयो, त्यसपछि केटाले अरु तीन जना बोलाएर करणी गर्न लगाएछ।’

युवतीले हिजो अपरान्ह उजुरी दिएपछि साँझ किरणसहित चारै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ  । १९ वर्षका धिरज चौधरी, २१ वर्षका सन्दिप चौधरी र २४ वर्षका सन्जित चौधरी समातिएका हुन्। 

युवतीलाई मेडिकल चेकजाँचको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको पनि डिएसपी थापाले जानकारी दिए । पक्राउ परेका चारैजनाको परिवारलाई खबर गरेर अनुसन्धान अघि बढाइएको उनले बताए ।

टिप्पणीहरू