चिनियाँ कम्युनिष्टको राहत काठमाडौंमा वितरण

चिनियाँ कम्युनिष्टको राहत काठमाडौंमा वितरण

चिनियाँ कम्युनिष्ट पार्टीले हालैका बाढीपहिरो र डुबान पीडितलाई पठाएको राहत सामाग्री केही घण्टाअगाडि हस्तान्तरण गरिएको छ । काठमाडौंको टेकूस्थित महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय हातामा राखिएको सर्वदलीय भेलामा राहत सामाग्री वितरण गरिएको हो ।

छिमेकी मुलुकमा गएको लगातारको वर्षापछि प्राकृतिक प्रकोपका पीडितलाई तत्काल सहयोग गर्ने उद्देश्यसहित चिनियाँ कम्युनिष्ट पार्टी,केन्द्रीय समितिले नेपालको प्रभावित क्षेत्रका स्थानीयलाई राहत सामग्री पठाएको जनाइएको छ । कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको समन्वयमा एक हजार २४२ प्याकेट राहत सामाग्री पठाइएको छ । त्यसमध्ये आज ६० परिवारलाई वितरण गरियो ।

उक्त राहत सामाग्री नेपालमा विपद्को खबर सुनेपछि चिनियाँ कम्युनिष्ट पार्टीसँगै ग्रामीण विकास नेपाल कार्यालयको संयुक्त पहलमा ‘हातेमालोबाट चुनौतीको समाधान’ नाराका साथ जुटाउन थालिएको थियो । तत्काल राहत सामाग्रीअन्तर्गत प्रत्येक प्याकेटमा दन्तमञ्जन,ब्रस,रुमाल,साबुन, स्यानिटरी प्याड,प्रेसर कुकुर, प्लास्टिकका साना थैला, ब्लांकेट, झुल,स्लिपिङ म्याट,पानीको भाँडो, मग,चामल,तेल,दाललगायत अत्यावश्यक सामान राखिएको छ ।

प्रत्येक प्याकेटमा दन्तमञ्जन,ब्रस,रुमाल,साबुन, स्यानिटरी प्याड,प्रेसर कुकुर, प्लास्टिकका साना थैला, ब्लांकेट, झुल,स्लिपिङ म्याट,पानीको भाँडो, मग,चामल,तेल,दाललगायत अत्यावश्यक सामान राखिएको छ ।

सामाग्री हस्तान्तरणका अवसरमा नेपालले व्यहोरेको हालैको प्राकृतिक विपद्सँगै पूरै चिनियाँ समाजको सहयोग र समर्थनमा राहत सामाग्री जुटाइएको जानकारी दिइएको थियो । धेरै चिनियाँ कम्पनी तथा व्यक्ति स्वयमले नेपाल तथा नेपाली समाजले भोगेको पछिल्लो विपद्मा थप सहयोग गर्न र उद्धारमा प्रत्यक्ष सहभागी हुने चाहना राखेको पनि बताइएको छ । राहत सामाग्री काठमाडौंस्थित चिनियाँ दूतावासका काउन्सिलर एवम् नियोग उपप्रमुख वाङ सिनको प्रमुख आतिथ्यमा स्थानीय प्रमुख दलका प्रतिनिधिहरु, केही सरकारी अधिकारी तथा पीडित परिवार र सर्वसाधारणको उपस्थितिमा भएको हो ।

यसअघि चिनियाँ रेडक्रस सोसाइटीले बाढी पीडितहरुको सहयोगार्थ नेपाल सरकारलाई एक लाख अमेरिकी डलर आर्थिक सहयोग गरिसकेको छ । नेपालका लागि चिनियाँ राजदूत छन सोङले उक्त रकम बराबरको चेक अस्ति गृहमन्त्री रमेश लेखकलाई सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर हस्तान्तरण गर्नुभएको थियो ।

@janaaastha.10 चिनियाँ कम्युनिष्टको राहत काठमाडौंमा वितरण #flooddonations #chinagovernment #kathmandu #floodinnepal ♬ original sound - janaaastha.com

यसवीच ल्हासास्थित गुडविल फाउन्डेसनले पनि नेपालका बाढी पहिरो पीडितलाई राहत सामग्री पठाएको खबर छ ।

टिप्पणीहरू