१४ जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरिँदै

१४ जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरिँदै

काठमाडौँ उपत्यकाका तीनसहित १४ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिने भएको छ।

आज सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो । 

प्राधिकरणका सहसचिव वसन्त अधिकारीले ताप्लेजुङ, काभ्रे, पाँचथर, काठमाडौं, संखुुवासभा, ललितपुर, सोलुखुम्बु, भक्तपुर, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न लागिएको जानकारी दिए ।

त्यसका लागि बाढी, पहिरो र डुबानबाट अति प्रभावित ति जिल्लामा पुनःस्थापना र पुनर्निर्माणको कामलाई प्राथमिकताका साथ तिव्रता दिनेगरी स्थानीय तहको समेत नाम उल्लेख गरिने छ । 

गत असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डूबानले ठूलो जनधनको क्षति भएपछि सरकारले अति प्रभावित जिल्लाहरुको पहिचानका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्न लागेको हो । 

प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार विपद्मा परी २३९ को ज्यान गएको छ भने १६९ जना घाइते छन् । त्यस्तै, १८ जना अझै बेपत्ता रहेको र १७ हजार १२० जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।

टिप्पणीहरू