अख्तियारले सबैलाई बोलायो, गाउँपालिका रित्तै

अख्तियारले सबैलाई बोलायो, गाउँपालिका रित्तै

बर्दियाको बडैयाताल गाउँपालिकाका सबै पदाधिकारी र प्रमुख प्रशासकीय अधिकृतसमेतले अख्तियारमा उपस्थित भएर बयान दिएका छन् । अध्यक्ष,उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतलाई असोज १० गते बिहान १० बजे बयानका लागि आयोगको बुटवल कार्यालयअन्तर्गत नेपालगञ्ज सम्पर्क कार्यालयमा उपस्थित गराइएको थियो । 

यसअघि सबै वडाध्यक्ष र कार्यपालिका सदस्यहरुलाई असोज ९ गते बिहान १० बजेको समय तोकिएको थियो । बयान दिन जाँदा सबैले नागरिकताको प्रतिलिपी, पासपोर्ट साइजको फोटो र लेख्न नसक्नेले एक जना लेखनदास लिएर गएको बताइन्छ ।

टिप्पणीहरू