राष्ट्रपतिद्वारा दक्षिणकालीको दर्शन

राष्ट्रपतिद्वारा दक्षिणकालीको दर्शन

राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैंको अवसरमा दक्षिणकाली माताको पूजाअर्चना गर्नुभएको छ । 

आज बिहान दक्षिणकाली मन्दिर पुगेर उहाँले पूजा गर्नुका साथै पुजारीबाट टीका र प्रसाद ग्रहण गर्नुभएको हो । बिहान सवा ९ बजे दक्षिणकाली पुग्नुभएका राष्टपति पौने १० बजे शीतल निवास फर्किएको बताइएको छ । 

दक्षिणकाली नगरपालिका वडा नम्बर ६ मा पर्ने यो मन्दिर उपत्यकाको एक प्रमुख शक्तिपीठ मानिन्छ ।

टिप्पणीहरू