याक एण्ड यतीमा 'डेट एक्सपायर' सामान, मूल्य मनपरी

याक एण्ड यतीमा 'डेट एक्सपायर' सामान, मूल्य मनपरी

दरबारमार्गस्थित याक एण्ड यती होटललाई तीन लाख रुपैयाँ जरिवाना तिराइएको छ । 

बजार अनुगमनको क्रममा होटलले गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको भेटिएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाहीस्वरुप जरिवाना गरेको हो । 

विभागका अनुसार होटलले तोकिएकोभन्दा बढी मूल्यमा पानी बेच्नुका साथै म्याद गुज्रिएको सामानसमेत बिक्री गरेको पाइएको छ । 

त्यस्तै, काठमाडौं महानगरपालिका–१७, मा रहेको रन्जीता ब्युटी होम एण्ड सक्रिन केयरलाई पनि ७५ हजार रुपैयाँ जरिवानाको कारवाही भएको छ । मूल्यसूची तथा दर्ता प्रमाणपत्र नराखेवापत विभागले कारवाही गरेको हो । 

विभागले ललितपुरको हात्तिवनमा रहेको खरिबोट मिनी स्टोर, भक्तपुरको माखा किराना स्टोर, काठमाडौं–२४, मा रहेको न्यू सिर्जना टेलरलाई पनि २०–२० हजार रुपैयाँ जरिवाना गरिएको जानकारी दिएको छ । 

साथै, भक्तपुर नगरपालिका–१०, स्थित एस एण्ड एस किराना स्टोर र काठमाडौंको ताहाचलमा रहेको कन्हैया स्टोरलाई पनि खरिद बिलबिजक नराखेकाले पाँच-पाँच हजार रुपैयाँ तिराइएको छ ।

टिप्पणीहरू