शीतल निवासमा बुझाइयो दुईटा प्रतिवेदन

शीतल निवासमा बुझाइयो दुईटा प्रतिवेदन

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दुई वटा आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ । शीतल निवासमा आज आयोजित छुट्टाछुट्टै समारोहमा मुस्लिम आयोग र थारु आयोगले आआफ्नो वार्षिक प्रतिवेदन बुझाएका हुन् । 

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

यस्तै, थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले पनि संविधानबमोजिम आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश गरेको बताइएको छ ।

टिप्पणीहरू