पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करले गाँजा ओसारेपछि...

पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करले गाँजा ओसारेपछि...

प्रहरीले पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करको डिब्बाभित्र गाँजा फेला पारेको छ । मकवानपुरको रातमाटे प्रहरी चौकीबाट खटिएको टोलीले हेटांैडा उपमहानगरपालिका १५ मा झण्डै चार सय केजी गाँजासहित ट्याङ्कर नियन्त्रणमा लिएको छ ।

पालुङबाट वीरगञ्जतर्फ जाँदै गरेको ना. ७ ख १७७१ को ट्याङ्करबाट तीन सय ९२ केजी गाँजा फेला परेको बताइएको छ । मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्याम अर्यालका अनुसार ट्याङ्करमा पेट्रोलियम पदार्थ राख्ने पाँच वटा डिब्बामध्ये एउटा डिब्बाभित्र उक्त परिमाणको गाँजा फेला परेको हो ।

ट्याङ्करभित्र २५ वटा पोका बनाएर हालिएको थियो । चालक रोशन पुरी र सहचालक धन बहादुर मल्ललाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।

टिप्पणीहरू