मर्यादाक्रमको १४ औं लहरका अध्यक्ष,१२ औं सदस्य

मर्यादाक्रमको १४ औं लहरका अध्यक्ष,१२ औं सदस्य

सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ । हिजो बसेको क्याबिनेट बैठकको निर्णयानुसार बेदाग पूर्व अर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा विज्ञहरुको पाँच सदस्यीय आयोग बनाइएको हो । 

सदस्यहरुमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. रामप्रसाद ज्ञवाली, अर्थविद् डा. विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. कल्पना खनाल छन् । 

आयोगले आवश्यकताअनुसार निजी क्षेत्र लगायत अर्थतन्त्रका विविध पक्षहरुसँग परामर्श गर्नेछ ।

अर्थ मन्त्रालयले एक सय दिनमा सम्पन्न गर्ने कार्यहरुको सूचीमा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गर्ने बुँदा पनि समावेश थियो । सोहीबमोजिम कमिटी गठन गरिएको बताइएको छ । आयोगका अध्यक्ष पूर्व सचिव खनाललाई मर्यादाक्रमको १४ औं नम्बरमा राखिएको भने योजना आयोगका सदस्य श्रेष्ठ मर्यादाक्रमको १२ औं नम्बरका हुन् ।

 

टिप्पणीहरू