देशी बिदेशी समलिङ्गी जोडीले जोडे लगन गाँठो

देशी बिदेशी समलिङ्गी जोडीले जोडे लगन गाँठो

पछिल्लो समय मुलुकमा समलिङ्गी विवाह दर्ता गर्ने जोडीको संख्या बढेको छ । सर्वोच्च अदालतले समलिङ्गी विवाह दर्ता गर्न सरकारलाई अन्तरिम आदेश दिएसँगै यसरी विवाह गर्नेको संख्या उकालो लागेको हो । 

नेपालमा पहिलोपटक लमजुङको दोर्दी गाउँपालिकामा समलिङ्गी विवाह दर्ता भएको थियो । वडा नम्बर–२ का रामबहादुर गुरुङ्गले नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर–८ का सुरेन्द्र पाण्डेसँग समलिङ्गी विवाह गरेका हुन् ।

 

हालै एक नेपाली र अमेरिकन नागरिकले पनि यसैगरी समलिङ्गी विवाह गरेका छन् । सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर–११ का प्रजित बुढाथोकीले यही असोज २० गते न्यूयोर्कका जोसेफ फोस्टर एलिससँग विवाहको प्रमाणपत्र प्राप्त गरेका हुन्   । 

वडा नम्बर ११ को कार्यालयमा उनीहरुको विवाह दर्ता भएको छ । वडा कार्यालयले उनीहरुलाई अस्थायी विवाह दर्ता प्रमाणपत्र उपलब्ध गराएको छ । उनीहरुको विवाह यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । पहिलोपटक नेपाली र विदेशीले समलिङ्गी विवाह गरेपछि धेरैले आश्चर्य मानेका छन् । 

विदेश जानका लागि प्रजितले जोसेफसँग विवाह गरेको टिकाटिप्पणी पनि गरिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ता बिनित भट्ट लेख्छन्,‘अमेरिका जान के–के पो गर्छन् है नेपालीले पनि ।’

डी एसले भनेका छन्,‘विदेश जाने मेसो ।’ कृष्ण आचार्यले समलिङ्गी विवाह अप्राकृतिक भएको प्रतिक्रिया दिएका छन् । उनले लेखेका छन्,‘यो अप्राकृतिक नै हो अनि विदेश जाने बहाना मात्रै होला ।’

सामाजिक सञ्जालमा भेटिएको छ,‘अस्थायी प्रमाणपत्र रहेछ,स्थायी होइन ।’

टिप्पणीहरू