भारतीय उद्योगपति रतन टाटाको निधन, टाटा ग्रुपलाई अपूरणीय क्षति

भारतीय उद्योगपति रतन टाटाको निधन, टाटा ग्रुपलाई अपूरणीय क्षति

प्रसिद्ध भारतीय उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ । उनको मुम्बइको ब्रीच क्याण्डी अस्पतालमा गएराति निधन भएको बताइएको छ । 

टाटाको निधनमा भारतीय राष्ट्रपति, प्रधानमन्त्री, विपक्षी दलका नेताहरूसहित प्रमुख व्यक्तित्वहरुले दुःख व्यक्त गरेका छन् । उनी भारत सरकारले प्रदान गरेको पद्मविभूषणबाट विभूषित थिए ।

टाटा सन्सका अध्यक्ष एन.चन्द्रशेखरनद्वारा जारी विज्ञप्तिमा उनको निधनले टाटा ग्रुपलाई अपूरणीय क्षति पुगेको उल्लेख छ ।

टिप्पणीहरू