टुँडिखेलमाथि फन्को लगाउन दुई वटा हेलिकोप्टर तयार
फूलपातीको अवसरमा आज काठमाडौंको टुँडिखेलमा नेपाली सेनाले बढाईं गर्दैछ । गोरखाबाट ल्याइएको फूलपाती हनुमानढोकामा भित्र्याउने क्रममा टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिन्छ ।
राष्ट्रपति रामचन्द्र पौडेल,प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट पदाधिकारी तथा उच्च पदस्थ अधिकारीहरुको उपस्थितिमा हुने फूलपाती बढाईं कार्यक्रममा सेनाले २१ तोपको सलामी दिने प्रचलन छ । सो अवसरमा सेनाका दुई वटा हेलिकोप्टरले पुष्पवृष्टि गर्ने कार्यक्रम रहेको छ ।
यसका लागि त्रिभुवन विमानस्थलमा सेनाको कल साइन एनए ०५५ इसीयु र एनए ०६१ बेल हेलिकोप्टरलाई तयारी अवस्थामा राखिएको छ । फूलपाती २०८१ लेखिएको ब्यानर झुण्डाइएका ती हेलिकोप्टरबाट टुँडिखेलमा पुष्पवृष्टि गराइन्छ ।
टिप्पणीहरू