मिनीबस दुर्घटनामा एकको मृत्यु, दुईजना गम्भीर

मिनीबस दुर्घटनामा एकको मृत्यु, दुईजना गम्भीर

दैलेखको गुराँस गाउँपालिका ४, डबलगैरामा मिनीबस दुर्घटना भएको छ । बस सडकबाट दुई सय मीटर तल खसेपछि एक जनाको मृत्यु र दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

दुल्लु नगरपालिकबाट सुर्खेततर्फ जाँदै गरेको क.प्र. ०२००१ ख ०८२५ नम्बरको मिनीबस दुर्घटनामा परेको हो । प्रहरीका अनुसार दुल्लु नगरपालिका– १३ का महेन्द्र शाहीको निधन भएको छ ।

सोही वडाका विनोदबहादुर शाही र सविन शाही घाइते छन् । घाइतेलाई सुर्खेत प्रदेश अस्पताल पठाएको र दुर्घटनाबारे अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू