नेपालीमा पढ्न सकिने कोरियाली कृतिलाई नोबेल पुरस्कार

नेपालीमा पढ्न सकिने कोरियाली कृतिलाई नोबेल पुरस्कार

यस वर्ष साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाली लेखक हान काङलाई प्रदान गरिएको छ । दक्षिण कोरियाली ५३ वर्षीया लेखक हान काङले लेखनमार्फत् मानव जीवनका विपत्ति, उतारचढाव र नाजुकतालाई उजागर गरेकोले यो निर्णय लिइएको बताइएको छ ।

उनको अन्तर्राष्ट्रिय रुपमा चर्चित पहिलो उपन्यास ‘शाकाहारी’ अर्थात् ‘दि भेजिटेरियन’ नेपालीमासमेत उपलब्ध  छ । उक्त उपन्यासले सन् २०१६ मा बुकर पुरस्कार पनि पाएको थियो । 

हान काङले लेखनको सुरुवात सन् १९९३ बाट गरेकी हुन् । नोबेल पुरस्कारको राशि १ करोड १० लाख स्वीडिस क्रोनर अर्थात् १० लाख अमेरिकी डलर रहेको छ ।

यसअघि कोरियाली राजदूत किम दाय जुंगलाई सन् २००० मा नोबल शान्ति पुरस्कार प्रदान गरिएको थियो । सन् १९८७ मा रसायन शास्त्रतर्फको नोबल पुरस्कार दक्षिण कोरियामा जन्मेका अमेरिकी नागरिक चार्ल्स जे पिडरसेनलाई दिइएको थियो ।

टिप्पणीहरू