चीनको सिन्च्याङमा विश्व सञ्चार सम्मेलन प्रारम्भ

चीनको सिन्च्याङमा विश्व सञ्चार सम्मेलन प्रारम्भ

चीनको उत्तर पश्चिम भेगमा अवस्थित सिन्च्याङ उइगुर स्वायत्त क्षेत्रको राजधानी उरुमुछीमा छैठौं विश्व सञ्चार सम्मेलन शुरु भएको छ ।  १०६ देशका पाँच सय प्रतिनिधिको उपस्थिति र मूलधारका २०८ सञ्चार माध्यमका प्रतिनिधि शिखर सम्मेलनमा भाग लिइरहेका छन् । सम्मेलनमा राष्ट्रसंघीय एजेन्सीहरु, अन्तर्राष्ट्रिय रेडक्रसलगायत विश्वका विभिन्न संघ संगठनका ५ सय प्रतिनिधिहरुको सहभागिता छ । 

सम्मेलनमा चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य मा सिङ्गरुइ, चीनको सरकारी समाचार समिति सिन्ह्वाका अध्यक्ष फु ह्वा,उपाध्यक्ष युआन पिङ्ग्चोङ्ग,चाइना मिडिया ग्रुप,पिपुल्स डेली,भारतको "दि हिन्दु" मिडिया,रसियन न्युज एजेन्सी तास लगायत विभिन्न सञ्चार माध्यमको पनि प्रतिनिधित्व छ । सम्मेलन मुख्यगरी ‘आर्टिफिसियल इन्टेलिजेन्स एण्ड मिडिया ट्रान्सफरमेसन’ मा केन्द्रित हुने बताइएको छ । 

टिप्पणीहरू