मनपरी पैसा उठाएको भन्दै सुनिल शर्माको अस्पतालमा नाराबाजी
नेपाली काँग्रेसका सांसद सुनिल शर्मा सञ्चालक रहेको सिनामंगलस्थित केएमसी अस्पतालमा इन्टर्नसीप गरिरहेका विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् ।
अस्पताल प्रशासनले जथाभावी शुल्क असुलेको भन्दै एमबीबीएस सकेर इन्टर्नसीप गरिरहेका झण्डै चार दर्जन विद्यार्थी आजदेखि प्रदर्शनमा उत्रिएका हुन् । एमईसीको गाइडलाइनअनुसार इन्टर्नसीपका लागि एकमुष्ट दुई लाख रुपैयाँ शुल्क बुझाएकोमा पढाई सकिएपश्चात् साढे १३ हजार रुपैयाँका दरले क्रमश: फिर्ता हुनुपर्नेमा अस्पताल प्रशासनले नदिएको गुनासो उनीहरुको छ ।
त्यस्तै, एमबीबीएस कोर्सको लागि ३८ लाख रुपैयाँ शुल्क तोकिएपनि अस्पतालले थप चार लाख ९० हजार रुपैयाँ असुलेको विद्यार्थीहरुको भनाइ छ ।
प्रदर्शनकारीहरुले ‘अतिरिक्त शुल्क फिर्ता गर’, ‘इन्टर्नसीप हो कि श्रम शोषण?’, ‘एमईसीको गाइडलाइन लागू गर’, ‘एमईसीभित्र केएमसी कि केएमसीभित्र एमईसी ?’, ‘केएमसी प्रशासन जिम्मेवारी हुनुपर्देन’, लेखिएको प्लेकार्ड देखाएर आज बिहानैबाट अस्पतालभित्रको प्यासेजमा प्रदर्शन गरेका हुन् ।
टिप्पणीहरू