रविविरुद्ध पक्राउ पुर्जी जारी

रविविरुद्ध पक्राउ पुर्जी जारी

जिल्ला अदालत कास्कीले रास्वपा सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवम् एसपी श्याम ओलिया र डिएसपी बसन्त शर्मा जिल्ला अदालत परिसरबाट बाहिरिएपछि पुर्जी जारी गरिएको छ ।

उनीहरु रास्वपा सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जीका लागि जिल्ला अदालतमा पुगेका थिए । अदालतबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीहरुको जिज्ञासामा दुबै अधिकृतले ‘आधिकारिक सूचनामा बताइएला’ भनेका थिए । जिल्ला प्रहरी कार्यालय पुगेपछि पक्राउ पुर्जी जारी भएको जानकारी दिइएको हो ।

न्यायाधीश कृष्णजंग शाहको इजलासले सहकारी ठगी प्रकरणमा आवश्यक अनुसन्धानका लागि लामिछानेविरुद्ध पक्राउ आदेश दिएको हो ।

टिप्पणीहरू