बाँडिए रास्वपा नेताहरु : केही पोखरामा, धेरैजसो काठमाडौंमै

बाँडिए रास्वपा नेताहरु : केही पोखरामा, धेरैजसो काठमाडौंमै

सभापति रवि लामिछाने प्रहरी हिरासतमा पुगेपछि रास्वपाले विरोध प्रदर्शन थालेको छ । बिहान ११ बजेदेखि पोखराको चिप्लेढुंगा र दिउँसो काठमाडौंको माइतीघरमा प्रदर्शन गर्न लागिएको छ । 

पोखराको प्रदर्शनमा उपसभापति तथा सांसद डिपी अर्यालसहित सांसदहरु तोसिमा कार्की र विराजभक्त श्रेष्ठ सहभागी भएको बताइन्छ । अर्याल हिजो लामिछानेसँगै पोखरा पुगेका हुन् । तोसिमा बिहान पौने ८ बजे र श्रेष्ठ मध्यान्हको उडानमा काठमाडौंबाट उता गएका हुन् । 

रास्वपाको केन्द्रीय कार्यालय, वनस्थलीमा आन्तरिक छलफल भएको छ । कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलगायत नेताहरु सुमना श्रेष्ठ, सुरेन्द्र भट्टहरु सम्मिलित ४५ जनाको टोलीले मध्यान्हदेखि सभापति पक्राउपछिको अवस्थाबारे छलफल गरेका हुन् । ब्यानर, पम्प्लेटलगायत सामग्री तयार पारेर झण्डै ५० जनाको टोली २ बजेअघि माइतीघर पुग्ने तयारीमा रहेको बताइन्छ ।

टिप्पणीहरू