यी ब्यापारी मान्यको काम छैन देशमा ?

यी ब्यापारी मान्यको काम छैन देशमा ?

कहिले दरवार,कहिले एमाले र हाल नेपाली काँग्रेसनिकट विवादास्पद व्यापारी विनोद चौधरी गएराति १० बजे एअर इण्डियाको उडान नम्बर २१२ बाट नयाँ दिल्लीतिर उडेका छन्  । 

यसअघि दशैैं बिदामा परिवारसहित फिलिपिन्स गएका उनी असोज २० गते राति सिंगापुर एअरलाइन्सको उडानमा गएर २९ गते राति फर्केका हुन् । 

त्यसअघि असोज पहिलो साता सिंगापुर पुगेका उनी श्रीलंकाका भगौडा राष्ट्रपति गोटाबाय राजपक्षे काठमाडौं आउने भएपछि स्वागतको निम्ति हतार हतार दुई दिनअघि स्वदेश फर्केका थिए । असोज ७ गते भुटानको पारो हुँदै श्रीमतीसहित काठमाडौं आएका राजपक्षे विमानस्थलबाट सोझै ललितपुरको झम्सिखेलस्थित चौधरी र रविभक्त श्रेष्ठको होटल भिभान्ता गएका थिए । 

यी व्यापारी मान्यको काम छैन देशमा ? कहिले दरवार,कहिले एमाले र हाल नेपाली यी ब्यापारी मान्यको काम छैन देशमा ?

त्यतैबाट भरतपुर र पोखरा गएका राजपाक्षे दुई वर्षअघि मुलुक छाडेर सैनिक विमानमा छिमेकी मुलुक माल्दिभ्सको राजधानी माले हुँदै सिंगापुर, थाइल्याण्ड भागेका थिए । चरम आर्थिक संकटका कारण उत्पन्न जनअसन्तोषले उनलाई सत्ता त्याग्न बाध्य बनाउन बाध्य तुल्याएको थियो ।

राजपाक्षे अकस्मात नेपाल आउनु र चौधरीको होटलमा बस्नुलाई अर्थपूर्ण मानिएको छ । उनको शासनकालमा चौधरीले श्रीलंकामा होटल,रिसोर्ट र बैंक तथा वित्तीय संस्थामा लगानी गरेका थिए । चौधरी नियमित रुपमा भारत, युएई,श्रीलंका, सिंगापुर, जाउआउ गरिरहन्छन् ।

टिप्पणीहरू