रविलाई जिल्ला अदालत पुर्याइयो, रास्वपाका कार्यकर्ता हच्किए

रविलाई जिल्ला अदालत पुर्याइयो, रास्वपाका कार्यकर्ता हच्किए

सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालत लगिएको छ । 

शुक्रबार काठमाडौँबाट पक्राउ परेलगत्तै पोखरा पुर्‍याइएका उनलाई आज म्याद थपका लागि प्रहरीले अदालत लगेको हो । लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधको अभियोगमा अनुसन्धानका लागि म्याद थप गरिने प्रहरीले जनाएको छ । 

लामिछानेलाई अदालत लैजाँदै गर्दा बाहिर रास्वपाका नेता-कार्यकर्ता प्रदर्शन गरिरहेका छन् । प्रहरीले प्रदर्शन भइरहेको भन्दा फरक बाटो प्रयोग गरी अदालत प्रवेश गराएको हो । 

निषेधित क्षेत्रमा प्रवेश गरेर रविको समर्थन र सरकारविरुद्ध चर्का नाराबाजी गरेका प्रदर्शनकारीलाई प्रहरीले बल प्रयोग गर्ने चेतावनी दिएपछि केही हच्किएका छन् । अहिले नाराबाजी गरिएको छैन भने प्रदर्शनकारी बिस्तारै पछि हट्दै छन् ।   

यता, प्रदर्शनस्थलबाट बाहिरिएर अदालत जान लागेका रास्वपाका सांसदहरु डा. स्वर्णिम वाग्ले, डिपी अर्याल, मनिष झा, हरि ढकाललगायतलाई प्रहरीले गेटमै रोकेको छ ।

टिप्पणीहरू