बिहान रारा पुगेका प्रचण्डले जुम्लामा सम्बोधन गर्ने
पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रारा पुग्नु भएको छ ।
मुगु र जुम्लाका विभिन्न कार्यक्रममा सहभागी हुन उहाँ आज नेपालगञ्जबाट हेलिकोप्टरमा त्यता जानुभएको हो । अध्यक्ष प्रचण्डले बिहान रारा क्षेत्रको अवलोकन गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
उहाँले दिउँसो जुम्लाको गरुचौरमा आयोजना हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै, खस भाषा र स्भायाताको केन्द्र सिंजा कनकासुन्दरी अवलोकन पनि गर्नुहुनेछ।
त्यसपछि प्रचण्ड काठमाडौँ फर्किने बताइएको छ । उहाँको साथमा छोरी गंगा दाहाल र सुरक्षा गार्ड पनि छन् ।
टिप्पणीहरू