बालुवाटारमा बैठक, सिंहदरबारमा उपलब्धीको चर्चा

बालुवाटारमा बैठक, सिंहदरबारमा उपलब्धीको चर्चा
सुन्नुहोस्

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलहरुको बैठक बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ९ बजे डाक्नुभएको बैठकमा सत्तारुढ दलहरूका नेता पुग्ने क्रम जारी छ ।

समसामयिक राजनीतिक घटनाक्रममाथि छलफल गर्न लागिएको बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, जसपा नेपाल र नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरूको सहभागिता छ । विशेषगररुी राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशबारे छलफल हुने सम्भावना पनि उत्तिकै छ । 

बालुवाटार स्रोत भन्छ, सहकारी ठगीबारे गरिएको संसदीय छानबिनको प्रतिवेदन कार्यान्वयनपछि विकसित राजनीतिक घटनाक्रमबारे नेताहरुबीच अनौपचारिक छलफल हुने छ ।

आजै दिउँसो साढे २ बजे सिंहदरबारमा पत्रकार सम्मेलन गरिँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सरकारको एक सय दिनको उपलब्धी सार्वजनिक गर्न लाग्नुभएको हो ।

 

टिप्पणीहरू