सरकारबारे प्रधानमन्त्री आजै बोल्ने, गठबन्धनका तर्फबाट पर्सि

सरकारबारे प्रधानमन्त्री आजै बोल्ने, गठबन्धनका तर्फबाट पर्सि
सुन्नुहोस्

सत्तारुढ दलहरुले सरकारको सय दिनको कामबारे साझा धारणा सार्वजनिक गर्ने भएका छन् ।

आज बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो । शुक्रवार अपरान्ह ३ बजे अर्को बैठक बसी सरकारको सय दिनको कामबारे साझा धारणा सार्वजनिक गर्ने एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए । 

प्रधानमन्त्री ओलीले आज अपराह्न ३ बजे राष्ट्रको नाममा सम्बोधन गर्दै सरकारको सय दिने उपलब्धि सार्वजनिक गर्ने कार्यक्रम छ । सत्तारुढ दलहरुले पनि सरकारले आगामी दिनमा गर्नुपर्ने कामको सुझावसहित साझा दृष्टिकोण बाहिर ल्याउने समझदारी भएको उनले बताए । 

‘सरकारले सय दिन पूरा गरेको छ । र सत्ता समर्थक दलहरुको आज संयुक्त बैठक भर्खरै सम्पन्न भएको छ', पोखरेलले भने, 'सय दिन पुगेको उपलक्ष्यमा सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्रीले आज ३ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ । र, सरकारमा रहेका राजनीतिक दलहरुको तर्फबाट अहिलेसम्म सरकारले गरेका कामहरु र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेबारेमा हामी पर्सी ३ बजे बैठक बसेर आफ्ना दृष्टिकोण ल्याउने भन्ने सहमति गरेका छौं ।'

सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै टिप्पणी भइरहेका बेला सत्तारुढ दलहरुले यसबारे समान धारणा बनाउन लागेका हुन् ।

बैठकमा प्रधानमन्त्री ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायतका सत्तारुढ दलका सबै नेताहरुको उपस्थिति रहेको थियो ।

टिप्पणीहरू