थोरै कुरा सोधेकोमा रविका उपसभापति दुःखी

थोरै कुरा सोधेकोमा रविका उपसभापति दुःखी
सुन्नुहोस्

रास्वपा उपसभापति डिपी अर्यालले सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई लामो समय प्रहरी हिरासतमा राखेर थोरै समय बयान लिइएकोमा दुःख व्यक्त गरेका छन् । उनले ‘न्यायपालिकाप्रति आशा छ, भरोसाचाहिं जनताकै हो’ भन्ने शीर्षकमा सामाजिक सञ्जालमा स्टाटस लेख्दै उक्त धारणा राखेका हुन् । 

आज पुनः म्याद थपका लागि रविलाई जिल्ला अदालत,कास्कीमा पेश गर्नु अघिल्लो दिन उनले थोरै समय बयान लिइएकोमा रोष प्रकट गरेका छन् । १२५ घण्टा हिरासतमा राखेर जम्मा पाँच घण्टा बयान लिइएको अर्यालको दाबी छ ।

लेखिएको छ, ‘धरपकडको शैली प्रतिशोधपूर्ण छ । न त भाग्ने,न प्रमाण नष्ट गर्ने सम्भावना । शुक्रवारदेखि पूरा १२५ घण्टा (६ रात) हिरासतमा राखेर जम्मा पाँच घण्टा पनि वयान लिइएको छैन । मगाइएका कागज आइपुगेन भन्दै जबर्जस्ती अनुसन्धान लम्ब्याउने रणनीतिमा सरकार छ । राजनीतिक प्रतिशोध साँधिएको हाम्रो दावी पुष्टि भएको छ ।’

बालकृष्ण खाँडलाई कति दिन राखेको थियो ? सरकार काँग्रेसको थियो थाहा छ नि ? टोपबहादुर रायमाझी अहिले कहाँ छन्, थाहा छ नि ? दुबै उपप्रधानमन्त्री हुन्,तिम्रो ठग लामिछाने जस्तै अनि तिम्रो सहकारी ठग को हो,भौमान हो ? कानुनभन्दा माथि हो ? कति जनतालाई उल्लु बनाउन सकेको ! खुरुक्क छानबिन हुन देऊ । २० जना सांसद पोखरामा हल्लिएर बसेका छौ । लाज पनि लजायो अब त !’

अर्याललाई जवाफ दिँदै धेरैले कमेन्ट लेखेका छन् । तीमध्येका एक जना बाबुराम खड्काले छ दिनमा पीडा हुनेले वर्षौैंदेखि थलिएका सहकारी पीडितहरुको दर्दनाक अवस्था र पीडा नबुझेको उल्लेख गरेका छन् । खड्का लेख्छन्, ‘तिमीहरूलाई ६ दिनमा यत्रो पीडा हुंँदो रहेछ । वर्षौदेखि थलिएका ती सहकारी पीडितहरूको कस्तो दर्दनाक अवस्था र पीडा होला ? हावाका तालमा सांसद भएका हौ भन्ने कुरा पनि तिमीहरूको यो न्यायालयप्रति गरिएको दुर्व्यवहारले पुष्टि गर्दैन र ?’

अर्याललाई मुखभरीको जवाफ दिँदै प्रज्ञान न्यौपानेले यसअघि हिरासतमा राखिएकाहरुलाई हेर्न सुझाएका छन् । न्यौपानेको जवाफ छ, ‘हेल्लो डिपीजी,बालकृष्ण खाँडलाई कति दिन राखेको थियो ? सरकार काँग्रेसको थियो थाहा छ नि ? टोपबहादुर रायमाझी अहिले कहाँ छन्, थाहा छ नि ? दुबै उपप्रधानमन्त्री हुन तिम्रो ठग लामिछाने जस्तै अनि तिम्रो सहकारी ठग को हो भौमान हो ? कानुनभन्दा माथि हो ? कति जनतालाई उल्लु बनाउन सकेको ! खुरुक्क छानबिन हुन देऊ । २० जना सांसद पोखरामा हल्लिएर बसेका छौ । लाज पनि लजायो अब त !’

टिप्पणीहरू