एक्लै किन रविसङ्ग खासखुस श्रीमान ?

एक्लै किन रविसङ्ग खासखुस श्रीमान ?
सुन्नुहोस्

कास्की जिल्ला अदालतका प्रमुख न्यायाधीश नवराज दाहाल र सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच 'वान टु वान' वार्ता भएको पाइएको छ । 

कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई म्याद थप गर्न अदालत पुर्याइएका बेला न्यायाधीशले इजलाशमै एक्लै कुराकानी गरेका हुन् । इजलाशमा प्रतिवादीलाई न्यायाधीशले छुट्टै नभेट्ने अभ्यास र प्रचलनविपरित दाहाल श्रीमानले सरकारवादी मुद्दाका प्रतिवादीलाई किन भेटे भन्ने प्रश्न उठेको छ । 

जिल्ला सरकारी वकिल कार्यालय स्रोतका अनुसार सरकार र प्रतिवादी दुबैतर्फका वकिलको बहस सकेर म्याद थप भएलगत्तै उनीहरुको एक्ला-एक्लै भेट भएको हो । शुरुमा लामिछानेले 'तपाईंहरु सबै बाहिर जानुस्,म श्रीमानसँग एक्लै कुरा गर्छु' भनेर प्रस्ताव गरेका थिए । 

शुरुमा लामिछानेले 'तपाईंहरु सबै बाहिर जानुस्,म श्रीमानसँग एक्लै कुरा गर्छु' भनेर प्रस्ताव गरेका थिए ।

प्रतिवादीको प्रस्ताव न्यायाधीश दाहालले सहर्ष स्वीकार गरे र इजलास अधिकृतलाई समेत बाहिर पठाएर दुईबजनाको कुराकानी भयो । त्यसबखत अदालतका कार्यालय सहयोगीमात्र त्यहाँ रहेको बताइएको छ ।  

न्यायाधीश दाहाल र लामिछानेबीच के विषयमा कुराकानी भयो जानकारी गराइएको छैन । तर, रास्वपाले मुद्दा प्रभावित बनाउन सडकबाट दबाब दिइरहेको र पक्राउ पूर्जी जारी गर्ने न्यायाधीश कृष्णजंग शाहको मानमर्दन गरिएको स्थितिमा प्रतिवादीसँग न्यायाधीशले एक्लै कुराकानी गरेको विषय विवादमा परेको छ । 

'सरकारी वकिल र प्रहरी मुद्धाको पक्ष हुन् । पक्षलाई बाहिर राखेर प्रतिवादीसँग न्यायाधीशले इजलासमै एकल कुरा गर्नु कानुन विपरित त हो नै, यो अनैतिक पनि हो', एकजना सरकारी वकिलले भने ।

टिप्पणीहरू