खबरदारीपूर्व माओवादीको 'टर्च मार्च'

खबरदारीपूर्व माओवादीको 'टर्च मार्च'

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले आज 'टर्च मार्च' गर्ने भएको छ । 

काठमाडौँ क्याम्पस जिल्ला समिति, प्राविधिक शिक्षा जिल्ला समिति र ललितपुर जिल्ला समितिको संयुक्त आयोजनामा साँझ मार्च गर्न लागेको हो । क्रान्तिकारीले साँझ ६ बजे बागबजार अगाडिबाट उक्त प्रदर्शन शुरु हुने जनाएको छ । 

माओवादीले भोलि काठमाडौँमा सरकारविरुद्ध बृहत खबरदारी सभा गर्दैछ । त्यसको पूर्वसन्ध्यामा क्रान्तिकारीले टर्च मार्च गर्न लागेको हो ।

टिप्पणीहरू