मन्त्रीहरु चाडबाडमा क्रमश: विदेश जाँदै

मन्त्रीहरु चाडबाडमा क्रमश: विदेश जाँदै
सुन्नुहोस्

महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह कतार जानुहुने भएको छ । 

आगामी कात्तिक १३ देखि १५ गतेसम्म आयोजना हुन गइरहेको ‘फेमिली एण्ड कन्टेम्पोररी मेगाट्रेन्ड्रस’ विषयक सम्मेलनमा भाग लिन उहाँ त्यता जान लाग्नुभएको हो । 

त्यस्तै,कृषि तथा पशुपंछी विकासमन्त्री रामनाथ अधिकारी पनि विदेश जाने निधो भएको छ । कात्तिक २१ देखि २७ गतेसम्म मेक्सिकोमा आयोजना हुन गइरहेको कृषिसम्बन्धी दुईपक्षीय तथा बहुपक्षीय बैठकमा सहभागी हुन मन्त्री त्यता जान लाग्नुभएको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको फिलिपिन्स भ्रमण हुँदैछ । एसिया वातावरण मैत्री दिगो यातायात फोरम (ईएसटी)को १६औँ सभामा भाग लिन उहाँ मनिला जान लाग्नुभएको हो । 

मंसिर २५ देखि २७ गतेसम्म चल्ने उक्त कार्यक्रमपछि मन्त्री दाहालले त्यहाँ द्विपक्षीय भेटवार्ता गर्ने कार्यसूची पनि तय भएको छ ।

हिजो बसेको क्याबिनेट बैठकले मन्त्रीहरुको भ्रमण स्वीकृत गरेको हो ।

टिप्पणीहरू