उपचुनावका उम्मेदवारको खर्च सीमा तोकियो

उपचुनावका उम्मेदवारको खर्च सीमा तोकियो

निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुन गइरहेको उपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा निर्धारण गरेको छ । 

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ तथा नियमावली, २०७३ को नियम ४० बमोजिम उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि निर्वाचनको परिणाम घोषणाको अवधिसम्म खर्च गर्न पाउने रकमको हद तोकिएको आयोगले जनाएको छ । 

जसअनुसार महानगरपालिकाको प्रमुख तथा उपप्रमुखका उम्मेदवारले अधिकतम साढे सात लाख रुपैयाँ खर्च गर्न पाउने छन् । उपमहानगर प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारको हकमा साढे पाँच लाख खर्चको सीमा तोकिएको छ भने नगरपालिका प्रमुख तथा उपप्रमुखका उम्मेदवारले साढे चार लाख खर्च गर्न पाउने छन् । 

गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष उम्मेदवारले साढे तीन लाखसम्म खर्च गर्न सक्नेछन् । जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखका उम्मेदवारले बढीमा ५० हजार खर्च गर्न पाउनेछन् । 

महानगरको वडाध्यक्ष पदका उम्मेदवारका लागि तीन लाख निर्धारण गरिएको छ भने उपमहानगर र नगरपालिकाका लागि क्रमश: दुई लाख र साढे एक लाख खर्चको सीमा तोकिएको छ ।

टिप्पणीहरू