सत्ता गठवन्धन कस्तो हुने भनेर कांग्रेस नेताको लाइन क्लियर

सत्ता गठवन्धन कस्तो हुने भनेर  कांग्रेस नेताको लाइन क्लियर
सुन्नुहोस्

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रिय राजनीतिको परिस्थितिले चुनावपूर्वको गठवन्धनको आवश्यकता र औचित्य निर्धारण गर्ने बताएका छन् । 

महोत्तरीको जलेश्वरमा आज आयोजित जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै पनि गठवन्धन स्थायी नहुने स्पष्ट पारे । तत्कालीन राजनीतिक अवस्थामा पार्टीले लिने रणनीति कस्तो हुन्छ भन्ने कुराले गठवन्धन तय हुने खड्काको भनाई छ । 

'गठवन्धनको विषय स्थायी होइन । तत्कालीन अवस्थामा,तत्कालीन राजनीतिक अवस्थामा,परिवेशमा पार्टीले लिएको रणनीतिको निर्णय हो', उनले भने । 

त्यस क्रममा उपसभापति खड्काले २०७४ पछि कांग्रेसले कस्तो शर्तमा कुन पार्टीसँग चुनावी गठवन्धन गर्यो भन्नबारे व्याख्या पनि गरे । ०७४ सालको स्थानीय चुनावमा माओवादी केन्द्रसँग गठवन्धन हुँदा पार्टीले लाभ लिएको तर लगत्तैको निर्वाचनमा एक्लै प्रतिष्पर्धा गर्दा क्षति व्यहोर्नुपरेको उनले स्मरण गरे ।

०७४ सालको स्थानीय चुनावमा माओवादी केन्द्रसँग गठवन्धन हुँदा पार्टीले लाभ लिएको तर लगत्तैको निर्वाचनमा एक्लै प्रतिष्पर्धा गर्दा क्षति व्यहोर्नुपरेको उनले स्मरण गरे । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेपछि उक्त कदमविरुद्ध मत मिल्ने पार्टीहरुले सहकार्य गरेको र चुनावी गठवन्धन बनेको खड्काले बताए । 

'२०७४ सालमा स्थानीय तहको निर्वाचनमा गठवन्धन गर्यौ, एउटा परिणाम आयो । ०७४ को संघ र प्रदेशको चुनावमा गठवन्धनलाई निरन्तरता दिन सकेनौँ । अर्को परिणाम आयो', उनले भने, '०७९ को गठवन्धन तत्कालीन सरकारका प्रमुखले पटक-पटक असंवैधानिक तरिकाले संविधान मिच्ने,प्रतिनिधि सभा विघटन गरेका कारण त्यसका विरुद्धमा भएको आन्दोलन, असंवैधानिक कदमको विरुद्धमा सर्वोच्चमा गरेको कानूनी लडाईं, सडकमा गरेको जनप्रदर्शनसमेत जोडिएर संसद पुनःस्थापनाका लागि जो जो असंवैधानिक कदमको विरुद्धमा उभिए, त्यो पंक्तिलाई लिएर हामी सरकार निर्माणको प्रक्रियामा अघि बढ्यौँ ।’

उपसभापति खड्काले काँग्रेसले आगामी निर्वाचनमा एकल बहुमतको सरकार बनाउन विगतका कमजोरीहरु बिर्सिएर नयाँ रुपमा अघि बढ्नुपर्नेतर्फ कार्यकर्तालाई सजग गराए ।

टिप्पणीहरू