एमाले केन्द्रीय कार्यालयमा कसले नचाइन् खुकुरी ?

एमाले केन्द्रीय कार्यालयमा कसले नचाइन् खुकुरी ?

सत्ता नेतृत्व गरिरहेको नेकपा (एमाले) को केन्द्रीय कार्यालयमा दिउँसै खुकुरी नचाउने कार्यकर्ताको पहिचान भएको छ । 

एमालेको जनवर्गीय संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय कमिटी बैठकअघि आज दिउँसो च्यासलमा दुई पक्षीय झडप भएको थियो । त्यसक्रममा पार्टीको बागमती प्रदेश कमिटी सदस्य तथा लोकतान्त्रिक आदिवासी जनजाति महासंघकी केन्द्रीय सचिव मन्दिरा श्रेष्ठले नाङ्गो खुकुरी नचाएकी हुन् ।

आज र भोलि दुई दिन बस्नेगरी महासंघले तेस्रो बैठकको आयोजना गरेको थियो । बैठक शुरु हुनुअगावै श्रेष्ठ एकाएक खुकुरी हल्लाउँदै निस्किएपछि भाँडभैलो मच्चियो । खुकुरी खोस्न प्रहरी सहायक निरीक्षक सरस्वती खनालले निकै प्रयास गरेको प्रस्तुत भिडियोमा देखिन्छ । 

"झडपपछि बिथोलिएको बैठक अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली पुगेपछि ढिलो गरी शुरु भएको र दुई दिने बैठक आजै सम्पन्न भएको बुझिएको छ ।"

महासचिव पेम्बा भोटे गुरुङ्गलाई अध्यक्ष पासाङ्ग शेर्पाले कारवाही गरेसँगै जनजाति महासंघमा कित्ताबन्दी छ । अध्यक्षले महासचिवलाई अघिल्लो बैठकमा लात्तै लात्ताले गोदेपछि सांगठनिक विवादले व्यक्तिगत रिसइबीको रुप लिएको छ । 

पेम्बा कुटिएकोमा सचिव श्रेष्ठ रुष्ट रहेको र त्यसको बदला लिन आज खुकुरी देखाएको बताइन्छ । यस बिषयमा प्रहरीले उनीसँग सोधपुछ गरिरहेको छ ।

 
झडपपछि बिथोलिएको बैठक अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली पुगेपछि ढिलो गरी शुरु भएको र दुई दिने बैठक आजै सम्पन्न भएको बुझिएको छ ।

 

टिप्पणीहरू