को हुन् त दुर्गा प्रसाईंका बिशेष पाहुना ?

को हुन् त दुर्गा प्रसाईंका बिशेष पाहुना ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यक्रममाथि हस्तक्षेप गरेको भन्दै विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईले आपत्ति जनाएका छन् । 

‘भीडले गीता पढ्दैन’ भन्दै उनले प्रधानमन्त्रीका कारण अन्यथा हुन गए गृह प्रशासन नै जिम्मेवारी हुने चेतावनीसमेत दिए । 

प्रसाईं नेतृत्वको 'नागरिक बचाऊ अभियान'ले भोलि सुनसरीको इटहरीमा "जनसभा" आयोजना गर्दैछ । उक्त कार्यक्रमा प्रधानमन्त्री ओलीको ठाडो निर्देशनमा प्रहरीले एलइडी जडान गर्न नदिएको प्रसाईंले बताएका छन् । उनले सहजीकरणको लागि गृह प्रशासनलाई आग्रहसमेत गरे । 

सामान्यतया नागरिकको बाक्लो उपस्थिति हुने कार्यक्रमहरुमा दर्शकको सहजताको लागि एलइडी स्क्रीन राख्ने प्रचलन छ । तर, आफ्नो कार्यक्रममा एलइडी राख्न नदिइएको गुनासो प्रसाईले गरेका छन् । 

‘...कार्यक्रम स्थलमा पछाडिसम्मका दर्शकलाई मञ्च देख्न सजिलो होस् भनेर हामीले जडान गर्न लागेको एलईडिमा प्रधानमन्त्री केपी ओलीको ठाडो निर्देशनमा प्रहरीले हस्तक्षेप गरेको छ’, उनले भनेका छन्, ‘म गृह प्रशासनलाई यहीँबाट आग्रह गर्दछु...हामीले हाम्रो हिसावले गर्नुपर्ने भयो भने भीडले गीता पढ्दैन भन्ने जानकारी गराउँदछु ।’

प्रसाईले भोलिको कार्यक्रममा अत्यन्त विशेष पाहुना उपस्थित हुने भन्दै समर्थकहरुलाई मध्यान्ह १२ बजेको निम्तो पनि दिएका छन् ।

टिप्पणीहरू