महिला फुटबलको लाइभ तीन ठाउँमा

महिला फुटबलको लाइभ तीन ठाउँमा

काठमाडौँ महानगरले आज हुने साफ वुमन्स च्यापिम्पयनसिपको फाइनल खेल प्रत्यक्ष प्रशारण गर्ने भएको छ । 

टुँडिखेल, हाँडीगाउँ र चावहिल फुटबल ग्राउण्डमा खेलको प्रत्यक्ष प्रदर्शन गर्न लागिएको हो । दशरथ रंगाशालामा पुगेर खेल हेर्न नपाउने फुटबलप्रेमिका लागि यो व्यवस्था गरेको महानगरले जनाएको छ । 
 
‘यो खेल हेर्न धेरै दर्शकको चाहना छ । तर, खेल मैदानमै पुगेर खेल हेर्ने अवसर सबैलाई प्राप्त हुन कठिन छ । यसका, हामीले खेल मैदानमा पुग्न नसक्ने तर खेल मैदानजत्तिकै उत्साहका साथ खेल अवलोकन गर्ने अवसरका लागि टुँडिखेल, चावहिलको फुटबल ग्राउण्ड र सानो गौचरन (हाँडीगाउँ) मा एलइडी स्क्रिनबाट फाइनल खेलको प्रत्यक्ष प्रशारण गर्ने व्यवस्था मिलाउँदैछौं,’ महानगरले भनेको छ । 

साफ वुमन्स च्यापिम्पयनसिपको फाइनलमा आज नेपाली महिला फुटबल टिम बंगलादेशसँग खेल्दैछ । खेल साँझ ६ बजेदेखि शुरु हुदैँछ । सेमिफाइनलमा नेपाल भारतलाई र बंगलादेश भुटानलाई हराएर फाइनलमा पुगेका हुन् ।
 

टिप्पणीहरू