तिहारलगत्तै श्रीमान थपिने तारतम्य
न्यायालय प्रमुखमा प्रकाशमानसिंह राउतको आगमनसँगै न्यायपरिषद्ले सर्वोच्च अदालतभन्दा अगावै उच्चमा न्यायाधीश नियुक्तिका लागि अन्तिम तयारी गरेको छ । उच्चमा १६ जनाको नियुक्ति भ्याएर मात्र सर्वोच्चमा चार जनाको गृहकार्य थाल्ने तयारी छ ।
यसपल्ट न्याय सेवाका राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीबाट बढीमा तीन जनालाई अवसर दिने तयारी छ । सहरजिष्ट्रारमध्येबाट मानबहादुर कार्की, खडक अधिकारी, जितेन्द्रबाबु थपलिया, अच्युत कुइँकेल, गजेन्द्रबहादुर सिंह, ठगीन्द्र कट्टेल र बाबुराम दाहालको नाम लिष्टिङ गरिएको छ । यस्तै, सरकारी वकिल र कानुन अधिकृतमध्येबाट दुई जनालाई अवसर दिइने भएको छ । सहन्यायाधिवक्ताहरू सूर्यराज दाहाल, उद्धवप्रसाद पुडासैनी र शंकर खत्रीको नाम टिपाए पनि एक जनालाई मात्र न्यायाधीशमा ल्याइनेछ ।
कानुनका सहसचिवमध्येबाट विभिन्न नाममा विकल्प हेरिएको छ । बार एशोसिएसनको कोटामा कानुन व्यवसायीबाट तीन जनालाई उच्चको न्यायाधीश बनाउने तयारी छ । यसरी कर्मचारीबाट तीन जना, कानुन व्यवसायीबाट तीन जना, जिल्ला न्यायाधीशमध्येबाट दश जनालाई तान्ने तयारी गरिएको छ ।
जिल्लाबाट महेन्द्रबहादुर कार्की, गोपालप्रसाद बाँस्तोला, गिरिराज गौतम, युवराज गौतम, तेजनारायण पौडेल, प्रकाश ढुंगाना, भुवनसिंह थापा, लीलाराज अधिकारी, दीपककुमार खरेल, शिवबहादुर रानाभाट, कमलप्रसाद पोखरेल, दलबहादुर केसी, वासुदेव न्यौपाने र प्रकाशचन्द्र अधिकारीको नाम लिष्टिङ गरिएको छ । यीमध्ये दश जनाको टुंगो लगाइनेछ ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू