उपराष्ट्रपति यादवको चिरफार

उपराष्ट्रपति यादवको चिरफार

मासु र मदिराबाट कोशौं टाढा रहँदै आएका उपराष्ट्रपति रामसहायप्रसाद यादवको पेट चिरिएको छ । अघिल्लै वर्ष अपरेशन गर्ने योजना भए पनि कारणवश रोकिएको थियो । गत हप्ता भने उक्त काम सम्पन्न भएको छ । 

उहाँको उपचारमा डा. रमेशसिंह भण्डारी र डा. सुमित्रा प्रधान खटिएका थिए । श्रोतका अनुसार हर्नियाको शल्यक्रिया गरिएका उपराष्ट्रपति यादवले लामो समयदेखि आयुर्वेदिक औषधी सेवन गर्दै आउनुभएको छ ।

कात्तिक ६ गते उहाँलाई शिक्षण अस्पतालमा भर्ना गरी शल्यक्रियापछि ९ गते डिस्चार्ज गरिएको थियो । उहाँको भोजनमा रोटीलगायतका सादा खाना राखिने गरेका छन् भने भान्सामा माछा, मासु, मदिरा, चिल्लोपिरो पूरै वर्जित छ ।  

उहाँको नियमित उपचारमा निजी चिकित्सक शिवजी सिलवाललगायतका कार्डियोलोजिस्ट खटिनुभएको छ । उहाँ पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनको पनि टिममा हुनुहुन्थ्यो ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू