इतिहास रचेका डोनल्ड ट्रम्पलाई बधाईको ओइरो

इतिहास रचेका डोनल्ड ट्रम्पलाई बधाईको ओइरो

ह्वाइट हाउसमा पुनरागमन निश्चित भएसँगै रिप्लिकन नेता डोनाल्ड ट्रम्पले अमेरिकी राजनीतिमा इतिहास रच्ने भएका छन् । एक कार्यकाल अन्तरालमा राष्ट्रपति निर्वाचित हुने दोस्रो राष्ट्रपतिका रुपमा उनको रेकर्ड बन्ने भएको छ । 

अमेरिकी राष्ट्रपति निर्वाचनको इतिहासमा सन् १८९२ पछि एक कार्यकालको ग्यापमा कोही पनि पुनः राष्ट्रपति निर्वाचित भएका छैनन् । सन् १९९२ मा ग्रोभर क्लिभलेन्डले एक कार्यकालको अन्तरालमा राष्ट्रपति बन्ने पहिलो रेकर्ड बनाएका थिए । १३२ वर्ष पछि ट्रम्पले दोस्रो रेकर्ड आफ्नो नाममा राख्दै छन् । 

सन् २०१६ मा डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेर ट्रम्प पहिलो पटक राष्ट्रपति निर्वाचित भएका थिए । तर, सन् २०२० को चुनावमा भने उनी वर्तमान राष्ट्रपति जो बाइडेनसँग पराजित भए । यस पटक पुनः उम्मेदवार बनेका उनले जित हासिल गरेका छन् । यद्यपि औपचारिक घोषणा भने गरिएको छैन । 

औपचारिक घोषणा नहुँदै ट्रम्पलाई विश्वका शक्तिशाली नेताहरुले धमाधम बधाई दिन थालेका छन् । बेलायती प्रधानमन्त्री किर स्टार्मर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, फ्रेन्च राष्ट्रपति इमानुएल माक्रोंलगायत नेताहरुले सामाजिक सञ्जालमार्फत् बधाई दिएका हुन् । 

त्यस्तै, युक्रेनका राष्ट्रपति भाल्दिमिर जेलेन्स्कीले पनि ट्रम्पलाई बधाई दिएका छन् । उनीहरु सबैले आगामी दिनमा ट्रम्पसँग मिलेर काम गर्न इच्छुक रहेको जनाएका छन् ।

टिप्पणीहरू