ओली सरकारका राज्यमन्त्री नै कालोसूचीमा
ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’ को निर्माण कम्पनी कालोसूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले राज्यमन्त्रीको कान्छाराम कन्स्ट्रक्सनलाई कालोसूचीमा राखेको जनाएको छ ।
कार्यालयको अस्ति बसेको बैठकले कान्छाराम/एनबी जेभीलाई कालोसूचीमा राखेको छ । कान्छाराम कम्पनी राज्यमन्त्री तामाङको र एनबी कन्स्ट्रक्सन रमिला लामाको हो ।
संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन तुम्लिङटारले सडक निर्माण अलपत्र पारेपछि कालोसूचीमा राख्न सिफारिस गरेको थियो । दुबै कम्पनी साढे दुई वर्षका लागि कालोसूचीमा परेको हो ।
रामेछापबाट निर्वाचित सांसद तामाङ ‘क’ वर्गका ठेकेदार हुन् । उनी यसअघि व्यक्तिगत रुपमा कालोसूचीमा परिसकेका छन् ।
टिप्पणीहरू