मानव तस्करीको आरोपमा समातिएका एमाले नेतालाई जहाजमा काठमाडौँ ल्याइँदै

मानव तस्करीको आरोपमा समातिएका एमाले नेतालाई जहाजमा काठमाडौँ ल्याइँदै
सुन्नुहोस्

मानव तस्करीको आरोपमा विराटनगरबाट पक्राउ परेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री तथा एमाले सांसद लीलाबल्लभ अधिकारीलाई काठमाडौँ ल्याउन लागिएको छ । 

आज बिहान निवाशबाटै समातिएका उनलाई अनुसन्धानका लागि काठमाडौँ ल्याउन लागिएको हो । अधिकारीलाई हवाई मार्ग हुँदै काठमाडौँ ल्याउन प्रहरीले केही बेरअघि  विराटनगर विमानस्थल पुर्याएको बताइएको छ । 

मन्त्रालयको नक्कली परिचयपत्र बनाई युवाहरुलाई जापान पुर्याएको अधिकारीमाथि आरोप छ । उनीसंगै जापानबाट डिपोट भएका युवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, अधिकारीलाई भने राजनीतिक पहुँचका आधारमा उन्मुक्ति दिइएको भन्दै चर्को आलोचना भएपछि प्रहरीले अन्तत: पक्राउ गरेको हो । 

आरोपलगत्तै मन्त्री पदबाट राजीनामा दिएका उनलाई एमालेले पार्टीको सबै जिम्मेवारीबाट निलम्बन गरिसकेको छ ।

टिप्पणीहरू