सिंहदरबारमा इण्डो-प्यासिफिकको चर्चा,चित्लाङमा प्रचण्डको आरोप
पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान केपी ओली नेतृत्वको सरकारलाई सत्ता जोगाउन राष्ट्रिय स्वाधीनतामा सौदाबाजी गर्न लागेको गम्भीर आरोप लगाउनुभएको छ । मकवानपुरको थाहा नगरपालिकास्थित बज्रबाराहीमा प्रेस सेन्टर नेपालले हिजो आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै दाहाल सरकारप्रति आक्रामक बन्नुभयो ।
उहाँले वर्तमान सरकारले अमेरिकाको राज्यस्तरीय सहकार्य कार्यक्रम (एसपिपी) सम्झौताका लागि अमेरिकालाई सैद्धान्तिक सहमति दिइसकेको कुरा बाहिर आएको दाबी गर्नुभएको छ । यसबाट नेपालको राष्ट्रिय स्वाधिनता कमजोर हुने उहाँको दावी छ ।
आज फर्कनुअघि हिजै दिउँसो सिंहदरबारमा अमेरिकी सेनाको इण्डो प्यासिफिक कमाण्डका डेपुटी कमाण्डरले रक्षामन्त्री मानवीर राईसँग पनि भेट गर्नुभएको छ । शुक्रबार बंगलादेशको राजधानी ढाका हुँदै काठमाडौं आएको उक्त सैन्य टोली र त्यसका प्रमुख लेफ्टिनेण्ट जर्नेल जोसह्वा एम. रुडले मन्त्री राईसँगको भेटवार्तामा दुईपक्षीय सम्बन्ध,सैन्य सहयोग आदानप्रदान र थप सहकार्यबारे विचार विमर्श गरेको बुझिएको छ ।
अमेरिकी सैन्य रणनीतिअन्तर्गतको इण्डो–प्यासिफिक कमाण्डका डेपुटी कमाण्डर लेफ्टिनेन्ट जनरल रुड नेतृत्वको चार सदस्यीय टोलीमा लेफ्टिनेन्ट कर्णेल ब्राण्डन क्रुपा,दक्षिण एशिया तथा दक्षिणपूर्वी एशियाका लागि रणनीतिकार तथा नीति सल्लाहकार रमा मुत्याला,राजनीतिक सल्लाहकार सेहजी खान र सञ्चार अधिकृत डस्टिन ह्विटाकार छन् ।
टोली अमेरिकी वायुसेनाको कल साइन निन्जा ९८ वाला मील एअर विमानमा आएको हो ।
टिप्पणीहरू