सभापति भैरहवा पुगेपछि उपसभापति हिँडे बाकु
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा भूतपूर्व गृहमन्त्री रवि लामिछानेलाई भैरहवामा बयान लिन थालिकएको छ । सहकारी रकम अपचलन प्रकरणमा संलग्न, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा उनलाई थप अनुसन्धान र बयानको निम्ति आज मध्यान्ह कास्कीको पोखराबाट रुपन्देहीको भैरहवा पुर्याइएको छ ।
यता, सोही पार्टीका उपसभापति डा.स्वर्णिम वाग्ले अजरबैजानको राजधानी बाकु गएका छन् । उनी टर्किस एअरलाइन्सको उडान नम्बर टीके ०७२७ मा दिउँसो पौने २ बजे इस्तानबुल हुँदै त्यसतर्फ गएको बताइएको छ ।
उनी हिजो अपरान्ह सभापति लामिछानेलाई भेटेर राजधानी आएका हुन् । लामिछाने कात्तिक २ गते काठमाडौंमा पक्राउ परेपछि सोही रातिदेखि कास्की प्रहरीको हिरासतमा छन् ।
टिप्पणीहरू